• Home
  • News
  • तिजको लागि शिखर ...

तिजको लागि शिखर शुका नयाँ चप्पलहरु बजारमा

तिजको लागि शिखर शुका नयाँ चप्पलहरु बजारमा

महिलाहरुको ठूलो चाड तिजलाई मध्यनजर राखेर नेपालको नं १  फुटवेयर ब्राण्ड शिखर शुले महिलाहरुकालागि नयाँ डिजाइनका बिभिन्न  रंगहरुमा नयाँ चप्पलहरु बजारमा उपलब्ध गराएको छ । शिखर शुका  काठमाण्डौ सेल्स म्यानेजर श्री अर्जुन घिमिरेका अनुसार ३५ भन्दा बढि  नयाँ डिजाइनमा बजार प्रवेश गरेका चप्पल तथा स्यान्डलहरु अत्यन्तै  आकर्षक छन् र महिला ग्राहकहरुले रुचाउने खालका छन् । अत्यन्तै प्रतिस्पर्धि  मूल्यमा बजारमा उपलब्ध शिखर शुका पियु सोलमा बनेका चप्पलहरु  पहिलेदेखी नै उत्कृष्ट, आकर्षक, बलियो तथा टिकाउ चप्पलका रुपमा  ग्राहकहरुले रुचाइआएका छन् । बिगतमा पुरुषहरुका जुत्ता तथा चप्पलहरु मात्र  उत्पादन गर्दै आएको शिखर शुलाई महिलाहरुले समेत रुचाउने बिश्वास  कम्पनिले लिएको छ ।