• Home
  • News
  • शिखर शुका नयाँ ...

शिखर शुका नयाँ चप्पलहरु बजारमा

शिखर शुका नयाँ चप्पलहरु बजारमा

 

आसन्न गर्मीको मौसमलाई ध्यानमा राखेर शिखर शुले पियु सोलका नयाँ चप्पलहरु बजारमा लिएर आएको छ । यसका साथै शिखर शुले महिलाहरुकालागि समेत नयाँ डिजाइनका बिभिन्न रंगहरुमा नयाँ चप्पल समेत बजारमा उपलब्ध गराएको छ ।पछिल्लो साल पियु प्लाण्ट जडान गरेको शिखर शुले यसै सालदेखि बृहत उत्पादनको सिद्घान्तलाई अंगिकार गरि प्रतिस्पर्धी मूल्यमा बजारमा चप्पलहरु उपलब्ध गराउन सकेको जानकारी कम्पनिले दिएको छ । शिखर शुका पियु सोलमा बनेका चप्पलहरु पहिलेदेखी नै उत्कृष्ट, आकर्षक, बलियो तथा टिकाउ चप्पलका रुपमा ग्राहकहरुले रुचाइआएका छन् । पुरुषहरुका जुत्ता तथा चप्पलहरु मात्र उत्पादन गर्दै आएको शिखर शुलाई महिलाहरुले समेत रुचाउने बिश्वास कम्पनिले लिएको छ ।