New Showrooms in Bhadrakali

New Showrooms in Bhadrakali

शिखर शुले ग्राहकहरुको सुबिधालाई ध्यानमा राखेर भद्रकालीमा नयाँ शोरुम खोलेको छ । सो शोरुम भद्रकालीमै अवस्थित बि.एस.डब्लु. फुटवियरसँगको साझेदारीमा  खोलिएको हो । कम्पनिका अध्यक्ष तथा प्रबन्ध सन्चालक राम कृष्ण प्रसाइका अनुसार खासगरी  नेपाली सेनालाई सुबिधा पु¥याउने उद्देश्यले भद्रकालीमा शोरुम खोलिएको हो । त्यस शोरुममा सेनाकै आवश्यक्ता अनुसारका डि. एम. एस. बुट, स्पोर्टस शुज, क्याजुयल  शुज, फोर्मल शुज तथा अन्य जुत्ताहरु समेत उपलब्ध गराइने कुरा कम्पनिद्वारा जारी  बिज्ञप्तिमा उल्लेख छ । काठमाण्डौ उपत्यकाका बिभिन्न ठाउँहरु लगायत बनेपा, दमौलि, बिराटनगर तथा नेपालगन्जमा आधिकारीक शोरुमहरु रहेको शिखर शुजले देशका बिभिन्न  भागहरुमा नयाँ शोरुम खोल्नका लागि स्थानिय ब्यापारीहरुसँग समन्वय गरिरहेको छ ।