shikars showroom at gongabu

नेपालको नं. १ फुटवेयर ब्राण्ड शिखर शुले राजधानीको गोङ्गबुमा नया शोरुम स्थापना गरेको छ । उक्त शोरुमको उद्घाटन कम्पनिका निर्देशक सङ्गिता कडरियाले गर्नुभएको थियो । ग्राहकहरुलाई सुलभ तरिकाले आफ्ना उत्कृष्ट उत्पादनहरु उपलब्ध गराउनका लागि हरेक क्षेत्रमा शोरुम खोल्दै जाने कम्पनिको निति अनुरुप २६औं आउटलेटको रुपमा गोङ्गबुमा शोरुम खोलिएको कुरा कम्पनिका सन्चालक रामकृष्ण प्रसाइले उद्घाटनको क्रममा बताउनुभयो ।

शोरुममा शिखर शुका बिभिन्न डिजाइनका पार्टि शुज, स्पोर्टस् शुज, अफिस तथा रेगुलर शुज, क्याजुयल शुज, स्कूल तथा कलेज शुज बिभिन्न बुटहरुका साथै महिला तथा पुरुष दुवैका लागि स्याण्डलहरु समेत उपलब्ध छन् ।